राष्ट्रिय एकता अभियानद्वारा जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

लोकपथ
21
Shares

जनकपुर । राष्ट्रिय एकता अभियान जनकपुरले सरस्वती पूजाको मूर्ति बिसर्जनको क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएको हमलाको विरोध गरेको छ ।

जिहादी आतंकीद्वारा गरिएको उक्त हमलाको विरोधमा अभियानले जनकपुरस्थित जनक चौकमा आज प्रदर्शन गरेको हो।

प्रदर्शनमा इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिककरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ति बिसर्जन गर्ने ऊपर जेहादी हमला गर्नेलाई कारवाही गर जस्ता नारा लगाइएको थियो।

पछिल्लो समय मुख्यमन्त्री राउत नेपालमा पकिस्तानी एजेन्ट भएर काम गरिरहेको अभियानले आरोप लगाएको छ ।

अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा अभियानका जिल्ला सह संयोजक सुनील दास तथा रवि साह लागयतका अभियानीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै गरी बारा जिल्लाको फेटा गाउपालिका स्थित अभियान निकट राष्ट्रिय विधार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा प्रदर्शनगरी मुख्यमन्त्री लालबाबू मियाँको पुतला दहन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?