काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै वडा, नगर वा महानगरमा राजनीति भन्दा फरक क्षेत्रमा चर्चित अनुहारहरु उम्मेदवार बन्ने चर्चा गर्न थालेका छन् ।
सोही क्रममा लेखक तथा साहित्यकार गनेस पौडेलले आगामी निर्वाचनमा पोखरा महानगरपालिकाबाट मेयरको उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारी दिने जानकारी दिएका हुन् ।
‘जित वा हारभन्दा पर पनि यौटा लडाईँ हुन्छ। दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ।म त्यो लडाईँमा जाँदैछु। यसपटक ‘अटेर’ गर्दैछु। आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु!आउनुस केही गरौँ। अति भो ‘अटेर’ गरौँ ! ’ उनले भनेका छन् ।
उनको यो उम्मेदवारीलाई धेरैले राजनीतिमा नयाँ क्षेत्रको आगमन भन्दै स्वागत गरेका छन् ।
यता र्यापर तथा इन्जिनियर बालेन साहले काठमाडौं महानगरबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया