काठमाडौं । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।
उनले कुनै रिपोर्पको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सिमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि बताए । त्यस्तै, पत्रकारको राष्ट्रपति चुरे संरक्षण तराई मधेश समितिका पदाधिकारी पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नै जिम्मेवार रहने बताए ।
सरकारका प्रवक्ता कार्कीले भने, ‘चीनसँगको सिमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरुको आधारमा होइन । वास्तविकताको आधारमा उपयुत्तः समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ ।
हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग सीमामा कुनै समस्या छन भने ती समस्याहरुलाई सरकार कूटनीतिक ढङ्गले समाधान गर्ने छौंँ । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सदैव प्रयत्नशील रहन्छ । केके सञ्चार माध्यमहरुमा कति कुराहरु आउँछन्। त्यसको बारेमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमहरुनै जिम्मेवार हुन्छन् ।’
प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया