काठमाडौ । कर्णाली प्रदेशका नेकपा एमालेका सांसद मोहन बानियाँले आफूमाथि बलात्कारको आरोप लागेको समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
जुम्लाकी एक शिक्षिकाले आफूलाई बलात्कारको आरोप लगाएको र सत्यतथ्य नबुझी समाचारहरु आएको भन्दै सांसद बानियाँले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता सांसद बानियाँले उक्त प्रकरणले आफ्नो मानमर्दनमा आँच पुगेको बताउँदै आरोप लगाउँने ती महिला र आफूबीच आर्थिक कारोबार रहेकै बखत उक्त प्रकरण निस्किएको बताएका छन् ।
‘आज केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिका सङ नाम जोडेर छापियको अती भ्रामक समाचार प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मान मर्दन माथी गम्भीर चोट पुगेको छ म सङ जोडियको शिक्षिका सङ चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो।’ उनले भनेका छन् ।
त्यसैगरी ती महिलासँग चेक बाउन्सको मुद्धा रहेको र आवश्यक पर्दा आफूले प्रमाणहरु बाहिर ल्याउन सक्ने समेत बताउँदै सञ्चारमाध्यमलाई सत्यतथ्य बुझेर मात्र लेख्न अनुरोध गरेका छन् ।
‘ म सङ जोडियको शिक्षिका सङ चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो आबश्यक पर्दा धेरै प्रमाण हरु हामी सङ सुरक्षित छन यो बेज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो यो त घोका र बैमानी को ठुलो प्राकाष्ठा हो तेसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ । ’उनले भनेका छन् ।
जुम्लाकी ती शिक्षिकाले आफूलाई सांसद बानियाँले बलात्कार गरेको भन्दै प्रहरीमा समेत उजुरी दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया