प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

लोकपथ
49
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला भन्दा बाहिर गरिएको कोरोना परीक्षणको विवरण पठाउनका लागि आग्रह गरेको छ ।

विभिन्न संघ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै विवरण पठाउन आग्रह गरेको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले प्रयोगशाला बाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या भएकोले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?