काठमाडौं । सरकारको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ त्रि.वि समितिले सडकमा खाना पकाएर खाएको छ ।
सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिक उपभोगका सामानहरुमा गरेको मूल्य वृद्धिले गर्दा बाहिर जिल्लाबाट काठमाडौं आएर भाडामा बस्ने विद्यार्थीहरु दैनिक जिवनमापनमा समस्या परेपछि कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल, तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाँदै मूल्य वृद्धि विरुद्ध आन्दोलन गरेको नेवि संघ केन्द्रिय महामन्त्री कुन्दन राज काफ्लेले बताए ।

साथै नेवि संघले खाद्यान्न तथा अन्य दैनिक उपभोगका वस्तुमा पनि मूल्य घटाउनु पर्ने माग राखेको छ । केपी ओली नेतृत्वको सरकार बने देखि चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको छ । यसका अलावा भान्सामा दैनिक रुपमा उपभोगम आउने खाद्यान्नको मूल्य वृद्धि भइरहेको छ । जनतालाई मार पार्ने हिसाबले यसरी दैनिक उपभोग्य अत्यावश्यक सामानमा बढाइएको मूल्य फिर्ता लिन नेवि संघले पटक पटक प्रतिकात्मक रुपमा सडक बाटै दबाब दिँदै आएको छ ।
उक्त कार्यक्रममा त्रि.वि. संघ महामन्त्री कुन्दन काफ्ले केन्द्रीय सदस्य सुशील भट्ट, नवराज त्रिपाठी, प्रकाश सेढाई सहितका नेता तथा कार्यकर्ताको उपस्थिति रहेका थियो । नेवि संघ केन्द्रीय सदस्य सुशील भट्ट आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताए ।

उक्त कार्यक्रममा बोल्दै त्रि.वि अध्यक्ष हरि आचार्यले सरकारले मूल्यबृद्धि फिर्ता नगरेसम्म आन्दोलन चलिरहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया