कामना सेवा विकास बैंकको स्थानान्तरित शाखा उद्घाटन

लोकपथ
130
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकले तनँहुको शुक्लागण्डकी नगरपालिकामा शाखा स्थानान्तरण गरेको छ । बैंकको शुक्लागण्डकी ८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई शुक्लागण्डकी ४ दुलेगौडा शाखा कार्यालयमा स्थानान्तरण गरिएको हो ।

ग्राहकहरुको माग तथा सुविधालाई मध्यनजर गर्दै आइतबार स्थानान्तरित शाखालाई बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । स्थानन्तरित शाखा कार्यालयबाट ग्राहकहरुले माग अनुसारको सुविधा प्राप्त गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?