चालू आर्थिक वर्षमै नेपाल आयल निगमले तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयलय निगमले नेपाल आयल निगमलाई १२ पटक पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएकोमा निगमले ३ पटक बढाएको हो । जसअनुसार अधिकांश समय मूल्य बढाएरै मूल्यसूची आएको नेपाल आलय निगमको विज्ञप्तिमा उल्लेख छ ।
पटक पटक मूल्य बढाउनुपरेपनि निगम घाटामा जाने क्रम भने निरन्तर जारी छ । चालू आर्थिक वर्षमा मात्रै निगमले १९ अर्ब २६ करोड घाटा खाइसकेको छ ।
निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७२ रुपैयाँ घाटा छ । जसअनुसार १५ दिनको घाटा करिब ३४ करोड ८१ लाख हुन आउँछ । यस्ते डिजेलमा ६.३३ रुपैयाँ घाटा रहेको छ । जसमा १५ दिनमा करिब ५७ करोड ४३ लाख घाटा हुने निगमको भनाइ छ । यसैगरी मट्टीतेलमा २ करोड ७ लाख घाटा करिब १५ दिनमा हुने निगमले जनाएको छ। निगमका अनुसार अहिले प्रतिलिटर मट्टितेलमा २२.६४ रुपैयाँ घाटा रहेको छ ।
यस्तै ग्यासमा निगमलाई ग्यास प्रतिसिलिन्डर ६४६.१६ पैसा घाटा हुँदा १५ दिनमा करिब ११४.८६ करोड घाटा हुन्छ । निगमले आज ग्यासको भाउ भने यथावत राखेको छ। हवाइ इन्धनमा भने १५ दिनमा निगमले आन्तरिकतर्फ २ करोड ६१ लाख र बाह्यतर्फ १३ करोड ७९ लाख कमाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया