काठमाडाैं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इको पार्टी नयाँ शक्ति नेपालबाट संस्थापक नेता केशव दाहाल अलग भएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट अाफूले नयाँ शक्ति त्यागेको जनाएका दाहालको राजीनामालार्इ नयाँ शक्ति नेपालको केन्द्रीय समितिले स्वीकृत गरेको छ ।
वि.सं. २०६४ सालमा वैकल्पिक विचार मञ्च गठन गरेका दाहाल डा. बाबुराम भट्टरार्इको नेतृत्वमा नयाँ शक्ति नेपाल गठनसँगै त्यसैमा अावद्द भएका थिए । तर, पछिल्लोपटक पार्टीको निर्णय र नेतृत्वप्रति असन्तुष्ट रहेको बताउँदै अाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया