नेकपाको स्थायी समिति बैठक भोलि बालुवाटारमा  बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक भोलि बस्ने भएको छ ।

शनिबार दिउँसो अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

त्यसअघि २ बजे पार्टीको सचिवालयको बैठक बस्नेछ ।

बैठकका लागि चारवटा एजेण्डा तय भएका छन् । 

जसमध्ये प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणका साथै दुई पार्टीबीच एकतापछि जनवर्गीय संगठनहरुको एकताको बारेमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?