लुम्बिनी विकास बैंकले थप्यो २ नयाँ शाखा

लोकपथ
65
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई शाखाहरुको शुभारम्भ गरेको छ ।

आज शुभारम्भ भएका शाखाहरुमा ७८औँ शाखाको रुपमा दाङ जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख”लाइनस्थित तुल्सीपुर शाखा र ७९औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवलउप–महानगरपालिका वडा नं.०४ ट्राफिक चोकस्थित ट्राफिक चोक शाखा रहेका छन् ।

दुईवटा नयाँ शाखाहरुको विस्तारसँगै हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले ४२ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?