कोरोनाले हैरान, देउवाले लिए यस्तो निर्णय

लोकपथ
273
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले केहीदिनका लागि राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन् । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउँदा भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजेटिभ देखिएको थियो।
पीसीआर परीक्षण गराउँदा प्रधानमन्त्री देउवाको भने नेगेटिभ रिपोर्ट आएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि सोमबारदेखि नै प्रधानमन्त्री देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेको खबर गोरखापत्रमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?