काठमाडौं । काठमाडौं उपत्यका कोरोनाभाइरसको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् ।
यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

यता पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया