गाउँ तथा टोलमा मात्रै स्मार्ट लकडाउन

लोकपथ
0
Shares

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थानविशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ । कोभिड–१९ सङ्कट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का प्रवक्ता एवं सहसचिव सुनिता नेपालका अनुसार स्मार्ट लकडाउनमा समस्या देखिएका निश्चित क्षेत्रलाई मात्र विशेष निगरानी गरिने भएकाले पहिलेको जस्तो पूरै जिल्लाभरि लकडाउन नहुने र वडास्तरको गाउँ तथा टोलमा मात्र पनि लकडाउन गर्न सकिनेछ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?