ढाका म्याराथनमा पुष्पाले जितिन् कास्य

लोकपथ
126
Shares

काठमाडौं । नेपालकी धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन् ।

सोमबार दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् ।

यो विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घन्टा ५३ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकै ज्योति गवाटेले निर्धारित दूरी दुई घन्टा ५४ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् ।

त्यस्तै पुरुषतर्फ किरण बोगटी र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गरे पनि पदक भने जित्न सकेनन् । पाँचौं स्थानमा रहने क्रममा किरणले निर्धारित दूरी दुई घन्टा २३ मिनेट ४३ सेकेन्डमा पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?