मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन् ।
अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उनले भने ।
उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्न तयार रहेको जानकारी रुसी सञ्चारमाध्यमले दिएका छन् ।
“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया