पेप ग्वार्डिओलालाई कोरोना

लोकपथ
77
Shares

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई कोभिड-१९ संक्रमण भएको छ ।

बिहीबार म्यानचेस्टरले आफ्ना ५० वर्षीय स्पेनिस प्रशिक्षक ग्वार्डिओलालाई कोरोना पोजेटिभ भएको जनाएको हो ।

योसँगै सिटीको पहिलो टिमका ७ जनालाई कोरोना देखिएको छ । संक्रमित सबै आइसोलेसनमा रहेको सिटीले जनाएको छ ।

जारी प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?