काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १६ वर्षमुनिका ४ जना बालकको उद्धार गरिएको छ ।
उद्धार गरिएका बालकहरुलाई संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाइएको छ ।
उपत्यकामा सञ्चालित सार्वजनिक यातायातहरुलाई बालश्रम रहित बनाउन श्रम कार्यलय बाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुले जेठ २४ गते ललितपुरको चापागाउँ र सातदोबाटो क्षेत्रमा अनुगमन गरेका थिए ।
सो अभियान अन्तर्गत आज ७० वटा गाडीको अनुगमन गरी सचेतना मुलक स्टीकर टाँसिएको छ ।
बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउन मनाही छ ।
यो अभियानलाई हरेक हप्ता निरन्तरता दिइने प्रबिद्धता सम्बन्धित निकायले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया