विदेशी मुद्रा सटहीमा थप कडाइ

लोकपथ
0
Shares

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटहीमा थप कडाइ गरेको छ। राष्ट्र बैङ्कले बुधबार क वर्गका वाणिज्य बैङ्क र ख वर्गका विकास बैङ्कलाई परिपत्र गर्दै यसअघि जारी गरेको एकीकृत परिपत्र, २०७६ मा संशोधन गरेको हो।राष्ट्र बैङ्कले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई एक पटकका लागि एक हजार पाँच सय अमेरिकी डलरसम्म मात्र परिवत्र्य विदेशी मुद्रा सटहीको सुविधा दिएको छ।
यस्तो सुविधा वर्षमा दुई पटकसम्म मात्र दिन पनि राष्ट्र बैङ्कले बैङ्कहरूलाई निर्देशन गरेको छ। त्यस्तै विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउँदा स्रोतको स्वघोषणा गरेको हुनुपर्ने राष्ट्रले जनाएको छ। राहदानीबापतको सटही सुविधा लिन भने राहदानीवाहक स्वयं उपस्थित हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ।
यसरी राहदानीबापतको सटही गरेकाहरू एक महिनाभित्र उद्देश्यअनुसार विदेश यात्रामा नगरेमा सो विदेशी मुद्रा बैङ्क दाखिला गर्ने, एक संस्थाभन्दा बढी अन्य संस्थाबाट त्यस्तो विदेशी मुद्रा सटही नगरेको, सटहीबापतको रकम वैध स्रोतबाट प्राप्त भएको कागजसमेत गर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र गरेको खबर गोरखापत्रमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?