नेपाली महिला भलिबल टोलीको लगातार तेस्रो जित

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाली महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित हात पारेको छ ।

ढाकामा शनिबार आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

तुलनात्मक कमजोर टिम बंगलादेशमाथि नेपालले २५-५, २५-१५ र २५-१७ को सेटमा जित निकालेको हो ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ ।

यता, नेपालको पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?