काठमाडौं । एडी एडवार्ड एनकेटियाको ह्याट्रिकमा इंग्लिस क्लब आर्सनल इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंललबार राति भएको खेलमा लिग वान टोली सन्डरल्याण्डविरुद्ध ५-१ को पराकिलो जित निकाल्दै आर्सनल अन्तिम २ माप्रवेश गरेको हो ।
आर्सनलको जितमा एडिले खेलको १७, ४९ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
निकोलास पेप र चार्ली पाटिनोले १-१ एक गोल गरे । सन्डरल्याण्डका लागि नाथनले सान्त्वना गोल गरे ।
सहज जितसँगै आर्सनल अन्तिम दुईमा प्रवेश गरेको छ ।अब फाइनल प्रवेशका लागि आर्सनलले ब्रेन्टफोर्ड र चेल्सीबीचको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया