भारतविरुद्धको शृंखलामा दक्षिण अफ्रिकाले दर्शकलाई रोक लगाउने

लोकपथ
70
Shares
India’s captain Virat Kohli (C) celebrates with teammates after the wicket of South Africa captain Faf du Plessis (R) during the fourth day of play of the second Test cricket match between India and South Africa, at the Maharashtra Cricket Association Stadium in Pune on October 13, 2019. (Photo by PUNIT PARANJPE / AFP) / —-IMAGE RESTRICTED TO EDITORIAL USE – STRICTLY NO COMMERCIAL USE—–

काठमाडौं । विश्वभर फैलिँदै गएको कोभिड–१९ (ओमिक्रोन) को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ ।

दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो ।

शृंखलाअन्तर्गत तीन टेस्ट र तीन एकदिवसीय खेल हुने तालिका छ ।

‘दुई क्रिकेट बोर्डको सहमतिमा हामीले स्वास्थ्य निर्देशिका जारी भएअनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवसीय खेलको शृंखला दौरान दर्शक प्रवेशमा रोक लगाएका छौं । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौ,’ जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकामा हप्तामा २० हजार भन्दा बढीलाई ओमिक्रोन देखिन थालेपछि यो निर्णय लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?