द्वय महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने

लोकपथ
91
Shares

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो । दुवै नगरपालिकाले कार्यपालिका बैठकबाट सम्बन्ध विस्तारबारे निर्णय गरेपछि द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम तय हुनेछ ।

दुवै नगरपालिकाको पहिलोपटक भगिनी सम्बन्ध विस्तारका लागि छलफल प्रारम्भ गरेका हुन् । श्रेष्ठ र नेपालले सम्बन्ध विस्तारपछि एक अर्कामा भएका असल अभ्यास, प्रविधि तथा विभिन्न कार्यक्रम आदान प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?