काठमाडौं । पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ४ हजार १ सय ४१ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ७२५ जनाको नमुना परीक्षणमा २१८ जना र एन्टीजेन विधिबाट १ हजार ४१६ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ ।
बितेको २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया