काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवाद तर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।
नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको बताए ।
ओलीको उक्त कदमलाई पाँच दलीय गठनले परास्त गरेको मन्त्रीकार्कीको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जसलाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्स्थापना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया