काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको प्रवक्ताबाट बाहिरिने घोषणा गरेका छन् ।
सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै महामन्त्रीमा निर्वाचित भएसँगै पार्टीको प्रवक्ताबाट बाहिरिने बताएका हुन् ।
‘महामन्त्रीमा निर्वाचित भएसँगै पार्टीको प्रवक्ताबाट अलग्गिएको छु । नयाँ टिम आउँदा अर्को महाधिवेशनलाई डिजिट्लाइज्ट हुने गरी टिम तयार छ । सोसहित हस्तान्तरण गर्छु ।’, उनले भने ।
उनले अब महामन्त्रीको जिम्मेवारीलाई पूरा गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया