नेसनल लाइफकाे ‘वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम’ कार्यक्रम सम्पन्न

लोकपथ
0
Shares

पोखरा । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ ।

नेसनल लाइफले यही पुस २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्तर्गत“चियरपर्सन क्लब सदस्य सम्मान”नामक कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरेकी छिन् ।

उक्त कार्यक्रममा देशभर बाट २०७७/०७८मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेस म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा श्री मोहन तिमिल्सिना प्रथम, श्री भुपेन्द्र क्षेत्री द्वितीय र श्री युवराज वास्तोला तृतीय भएका थिए । यसैगरी अभिकर्ता सन्जालको आधारमा श्रीमती निलु पूर्वे प्रथम, श्री रत्नबहादुर खत्री द्वितीय र श्री टिका प्रसाद खरेल तृतीय भए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाल लाई थप व्यवसायी करणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशैभरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता वृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरिन् ।

उनले कम्पनीको हालसम्मको समग्र वित्तीय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यावसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने विचार व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले एक नँया बीमालेख जीवनश्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्नु हुदै सो नँया बीमा योजनावाट जोखिम बहन पनि हुने, बचत पनिहुने र बीमाको अवधि समाप्तीपछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबधहुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउदै कम्पनीको व्यावसायिक उचाइ अझ नँया ठाँउमा पुर्‍याउने प्रतिबद्धता व्यक्त भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?