प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

लोकपथ
84
Shares

धनगढी । लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए तर्फका आफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले बागमती प्रदेशलाई रनले हरायो ।

लुम्बिनी र प्रदेश १ अन्तिम चारमा

लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र सितलहर काकारण ६ ओभरमा खेलाईएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित७ रन बनाईन् । लुम्बिनीप्रदेशकालागि सुस्मिताभुषालले २ र नेरी थापाले एक विकेट लिईन् । कर्णाली प्रदेश यसअघि भएको खेलमा प्रदेश १ बाट ६ रनमा अलआउटमा भएको थियो ।

कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विनाविकेट क्षति पुरा गर्यो । ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाइन् । लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाइन् । खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लयर अफ द म्याच भइन् ।

प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । दोस्रो दिनको दोस्रो खेलमा बागमती प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाईनल पुगेको हो । टस जितेर पहिले ब्याटिङ गर्दैप्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकीउनले ५१ रन बनाईन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । बागमती प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिइन् ।

११५ रनको विजयलक्ष्य पछ्याएको वागमतिप्रदेश २० ओभरमा८ विकेट गुमाउँदै ५९ रनमा समेटियो । वागमतिकालागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेकअन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । बागमतीका ५ जना खेलाडी रनआउट भए । कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक एक विकेट लिइन् । खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ की अप्सरी वेगम प्लेयर अफ द म्याच भईन् ।

बागमती र कर्णाली प्रतियोगिताबाट बाहिर

प्रतियोगिताको समुह ‘ए’ मा रहेका बागमती प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । दुबै प्रदेश समुह चरणका खेलेका दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । कर्णाली प्रदेश पहिलो खेलमा प्रदेश १ सँग १६० रनले पराजित भयो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग १० विकेटले हार्यो । बागमती प्रदेश पनि लुम्बिनी प्रदेशसँग ७ विकेट र प्रदेश नम्बर १ सँग ५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

सोमबार घरेलु र विभागीय टीमको भिडन्त

प्रतियोगिताको तेस्रो दिन दुई वटा खेल हुनेछन् । सोमबारका दुई खेल समुह ‘बी’ का टोलीबीच हुनेछ । पहिलो खेलमा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोली एफिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ‘ए’ मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र समूह ‘बी’मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्स ओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

अप्सरी वेगमको लगातार दोस्रो अर्धशतक

प्रदेश नम्बर १ की क्रिकेट खेलाडी अप्सरी वेगमले लगातार दोस्रो अर्धशतक हानेकी छिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ को तर्फबाट वेगमले दोस्रो अर्धशतकहानेकीहुन् । धनगढीको फाप्ला मैदानमाभएको दोस्रो दिनको वागमतिप्रदेश विरुद्धको खेलमाउनले ५१ रनको अविजितपारी खेलिन् । ६२ वलको सामना गरेकी उनले दुई चौका प्रहार गरिन् । वेगमले शनिबार भएको कर्णाली प्रदेशविरुद्धको खेलमा पनि अर्धशतक बनाएकी थिइन् ।

पहिलो खेलमा अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामनागर्दै ५ चौका प्रहार गरेकी थिइन् । जारी प्रधानमन्त्री कपमा दोस्रो अर्धतशक बनाउने उनीपहिलो खेलाडी हुन् । हालसम्म प्रतियोगितामा तीन वटा अर्धतशक बनेका छन् । प्रदेश नम्बर १ कीकप्तान रुविना क्षेत्रीले पनि कर्णाली विरुद्धको खेलमा अर्धशतक बनाएकी थिईन् । ७६ रनको पारी खेलेकीकप्तान क्षेत्रीले १० चौकाप्रहार गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?