काठमाडौं । नेविसंघका वर्तमान अध्यक्ष र पूर्वमहामन्त्रीले कांग्रेसको खुलातर्फको मतगणनामा अन्तिम ३५ भित्र मत पाएका छन् । जारी मतगणनाअनुसार झण्डै ३ हजार मत गन्दा वर्तमान अध्यक्ष राजीव ढुंगाना ११७८ मत पाउँदै २७औं नम्बरमा रहेका छन् ।
यस्तै, पूर्वमहामन्त्री कुन्दनराज काफ्ले १४२६ मतका साथ २१औं स्थानमा छन् । कुन्दन कृष्ण प्रसाद सिटौला निकटका हुन् भने ढुंगाना शेरबहादुर देउवा निकटका हुन् । यद्यपि दुवै नेता देउवा प्यानलबाट चुनाव लडेका हुन् ।
यी अन्तिम ३५ मा
नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । झण्डै २ हजर ९९३ मतगणना हुँदा विवादित पृष्ठभूमिका गणेश लामादेखि पत्रकारिताबाट राजनीतितिर लागेका अजयबाबु सिवाकोटीसम्म अन्तिम ३५ मा अटाएका छन् । यस्तै निर्माण व्यवसायी जीप छिरिङ लामा र मोहन आचार्य पनि अन्तिम ३५ मा अटाएका छन् ।
निर्वाचन समितिका अनुसार शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रमेश लेखक, शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, अर्जुननरसिंह केसी, जीप छिरिङ लामा, गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत, डा रामशरण महत, नैनसिंह महर, सुनील बहादुर थापा, दिलेन्द्र प्रसाद बडु, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहन बहादुर बस्नेत, दीपक गिरी, कुन्दनराज काफ्ले, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्द राज पोखरेल, राजीव ढुंगाना, मदन बहादुर अमात्य, दिनेश कोइराला, गणेश लामा, अजयबाबु सिवाकोटी, मोहन आचार्य, उमेशजंग रायमाझी, गोपाल दहित र किष्ण किशोर घिमिरे अन्तिम ३५ मा अटाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया