कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताए । जोशीले युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया