कांग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट सहमहामन्त्री पदको मतगणना सुरु हुँदैछ ।

महामन्त्री पदको अन्तिम नतिजा आएसँगै अब सहमहामन्त्रीको मतगणना गर्न लागिएको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाती र दलिततर्फ मतगणना गर्न लागिएको हो ।

समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।

दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?