काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
बिहीबार आएको अन्तिम मत परिणामअनुसार थापा ३ हजार २३ र शर्मा १ हजार ९ सय ८४ मतसहित विजयी भएका हुन् ।
यसअनुसार थापा र शर्माबीचको मतान्तर १ हजार ३९ देखिन्छ । त्यसैगरी तेस्रोमा डा. प्रकाशशरण महतले १५ सय ५६, चौथोँमा प्रदीप पौडेल १ हजार ३ सय ९३, पाँचौँमा डा. मिनेन्द्र रिजाल ८ सय ९ र १ सय ७ मतसहित राजाराम कार्की छैटौँ भएका हुन् । कुल मत ४ हजार ६ सय ८६ खसेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै ४३ मत बदर रहेकाे छ ।
विजयी भएका थापा र शर्मा छुट्टाछुट्टै प्यालनबाट लडेका थिए । थापा डा. शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मदेवार भएका थिए भने शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार भएका हुन् । थापाले अघिल्लो पटक पनि महामन्त्रीको उम्मेदवार रहेका थिए । तर उनले पराजय व्यहोरेका थिए । यता शर्मा भने केन्द्रीय सदस्य रहेका थिए भने उनलाई सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी दिएका थिए ।
दुवै नेताहरु विद्यार्थी राजनीतिबाट आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया