महामन्त्रीको परिणाम घोषणापछि विश्वप्रकाश शर्मा वीपी संग्राहलय जाने

लोकपथ
616
Shares

काठमाडौं । कांग्रेस महामन्त्रीको निर्वाचन परिणामपछि उम्मेदवार विश्वप्रकाश शर्मा सुन्दरीजलस्थित वीपी संग्राहलय जाने भएका छन् ।

दुई जना महामन्त्रीको लागि भएको निर्वाचनको परिणाम आउनै लाग्दा उनले आफू वीपी संग्राहलय जाने बताएका हुन् ।

महामन्त्रीमा गगनकुमार थापासँगै आफू निर्वाचित हुने निश्चित जस्तै देखिएपछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता र सञ्चारकर्मीसँग शर्माले आफूले उम्मेदवारी घोषणा गरेको स्थान वीपी संग्राहलय (सुन्दरीजल जेल)मा जाने बताएका हुन् ।

‘परिणाम सार्वजनिक भएपछि मैले उम्मेदवारी घोषणा गरेको स्थान सुन्दरीजल जेल जानेछु,’ शर्माले भने ।

पछिल्लो विवरणअनुसार महामन्त्रीमा थापा र शर्माले अग्रता लिएका छन् भने उनीहरूलाई प्रकाशशरण महतले झिनो मतले पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?