४ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै मिनेन्द्र

लोकपथ
329
Shares
Interview with Nepali Congress Leader Dr. Minendra Rijal at Baluwatar in Kathmandu on Monday. Photo: Balkrishna Thapa / THT

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिँदैछन् ।

नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार समेत रहेका रिजालले मतगणना जारी रहँदा राजीनामा घोषणा गरेका हुन् । प्रतिस्पर्धामा ठूलो मतान्तर देखिएपछि आफूले राजीनामा दिन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका रिजालले ४ बजे पत्रकार सम्मेलन गर्दैछन् । रक्षा मन्त्रालयमा ४ बजेका लागि सबै पत्रकारहरुलाई बोलाएका छन् ।

‘आज अपरान्ह ४ बजे रक्षा मन्त्रालय, सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रम राखेकोछुस पत्रकार साथीहरूलाई आमन्त्रण गर्दछु।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?