काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले जित हासिल गर्ने पक्कापक्की भएको छ ।
जारी मतगणनामा देखिएको ठूलो मतान्तरको कारण थापाले जित्ने पक्का देखिएको हो । २ बजेसम्म ३ हजार ३ सय २० मत गणना भएको छ । जसअनुसार थापाले २ हजार मत कटाएका छन् । उनले कुल २ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । भने उनलाई पच्छाउँदै विश्वप्रकाश शर्माले १३२८ मत प्राप्त गरेका छन् । त्यस्तै अन्य उम्मेदवारहरु प्रकाश शरण महत १०९२, प्रदिप पौडेल ९९९, डा. मिनेन्द्र रिजाल ५८८ र राजाराम कार्कीले ७६ मत प्राप्त गरेका छन् ।
कुल ४ हजार ७ सय ४३ मध्ये ४ हजार ४ सय ७९ जना मात्रै सभापतिको पहिलो चरणको निर्वाचनमा मतदान गरेका थिए । त्यसो हुँदा गणना गर्न बाँकी रहेको मतमध्ये पूरै मत अन्य उम्मेदवारले ल्याएमा मात्रै अन्य उम्मेदवार विजयी हुनेछन् । अन्यथा थापाको जित पक्कापक्की देखिएको हो । थापाले डा. शेखर कोइराला प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया