मतगणना अपडेट : बढ्दै गगनको मतान्तर, प्रकाशशरण महतको मत कति ?

लोकपथ
994
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।

सो क्रममा गगन थापाले सुरुवाती अग्रतालाई कायमै राख्दै मतान्तर बढाएका छन् । हालसम्म २ हजार ९ सय २० मतगणना भएको छ । जसअनुसार गगन कुमार थापाले १९०९, विश्व प्रकाश शर्माले ११९४, प्रकाशशरण महतले ९७२, प्रदिप पौडेलले ८७०, डा.मिनेन्द्र रिजालले ४९५र राजाराम कार्कीले ६७ मत प्राप्त गरेका छन् ।

कांग्रेसको महामन्त्रीका दुई सिटका ६ जना मैदानमा रहेका छन् । जसमा सभापति शेरबहादुर देउवाका प्यालनबाट डा। प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यसैगरी डा। शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा। मीनेन्द्र रिजाल रहेका छन् । त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यालनबाट राजाराम कार्की उम्मेदवार छन् ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अवको चार घण्टामा मतपरिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान आएको नतिजा अनुसार सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने बुधबार रातिको नतिजा अनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हासिल गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?