काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म महामन्त्रीका उम्मेदवार गगन थापाले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । हालसम्म १५ सय हाराहारी मत गणना गर्दा थापाले ९ सय ५५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै दोस्रोमा उनलाई पच्छ्याउँदै विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन् । महामन्त्रीका अन्य उम्मेदवारहरु डा. प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९, डा. मिनेन्द्र रिजालले २७५ मत ल्याएका छन् ।
पार्टी कार्यालय सानेपामा मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया