काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहँदा गगन थापाले अग्रता कायमै राखेका छन् । हालसम्म ५ सय मतगणना गर्दा गगन कुमार थापा ३२५, विश्व प्रकाश शर्मा १८५, प्रकाश शरण महत १६३, प्रदिप पौडेल १७७, मिनेन्द्र रिजाल ८६ र राजाराम कार्कीले १२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको महामन्त्रीका दुई सिटका ६ जना मैदानमा रहेका छन् । जसमा सभापति शेरबहादुर देउवाका प्यालनबाट डा। प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यसैगरी डा। शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा। मीनेन्द्र रिजाल रहेका छन् । त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यालनबाट राजाराम कार्की उम्मेदवार छन् ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अवको चार घण्टामा मतपरिणाम सार्वजनिक हुनेछ ।
बुधबार बिहान आएको नतिजा अनुसार सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने बुधबार रातिको नतिजा अनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया