काँग्रेस उपसभापतिको मतगणना जारी , पूर्णबहादुर खड्काको अग्रता

लोकपथ
2.7k
Shares

काठमाडौ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना कांग्रेस पाटी कार्यालय सानेपामा भइरहेको छ । सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको भएपनि उपसभापति लगाएत अन्य पदको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । मतदान लगत्तै सोमबार मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । उपसभापतिको दौडमा रहेका शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् भने शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य यसैगरी प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् साथै महेश आचार्यले स्वतन्त्र रुपमा उमेद्वार बनेका छन् ।

हालसम्म ९ सय मत गन्दा अग्रतामा रहेका पूर्णबहादुर खड्काले ३९५, धनराज गुरुङले ३९२, विजयकुमार गच्छदारले ३५५ मत, र चन्द्र भण्डरीले ३५१ मत र मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?