कांग्रेसको उपसभापति पदको मतगणना सुरु

लोकपथ
581
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । उपसभापतिको मतगणना पार्टी कार्यालय सानेपामा तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ ।

यसअघि आज विहान सम्पन्न सभापतिको मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?