कांग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदै

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ ।

अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए।

कांग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?