कांग्रेसले पदाधिकारीतर्फको मतगणना आजै सुरु गर्ने

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारीतर्फको मतगणना आजैबाट सुरु हुने भएको छ ।सोमबार भएको मतदानको मतगणना बुधबार साँझदेखि सुरु गर्ने तयारी भएको हो ।

काठमाडौंको भृकुटिमण्डपमा सोमबार भएको मतदानको मतपेटिका हाल कांग्रेसको पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ ।

कांग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार मतगणनाका लागि आज पार्टी कार्यालयमा बैठक बसेको र सबै प्रक्रिया सुरु गरेर साँझदेखि पदाधिकारीतर्फको गणना सुर गरिनेछ ।

सोमबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?