२६ सय ५७ मतगणना : शेखरले कटाए १ हजार, २१ मत बदर

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मत गणना जारी छ । हालसम्म २ हजार ६ सय ५७ मत गणना गर्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । १ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले १ हजार ३८ मत प्राप्त गरेका हुन् । भने २१ मत बदर भएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा सुरुवातबाटै सभापतिका उम्मेदवार देउवाले अग्रता कायम राखेका छन् । भने मतान्तर बढ्दै गइरहेको छ ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ५ सय ६४ जना मतदान गरेका थिए । मतदान जारी रहेको छ ।

मंगलबार राति साढे ९ बजे मतगणना सकिएको थियो । १० बजेबाट गणना सुरु भनिए पनि केही ढिला गरि मतगणना सुरु भएको हो ।

कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?