काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको ५०० मतको गणना हुँदा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । ५०० मत गणना गर्दा देउवाले २९९ प्राप्त गरेका छन् । भने उनका प्रतिष्पर्धी डा. शेखर कोइरालाले १९७ मत प्राप्त गरेका छन् । भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ५ सय ६४ जना मतदानमा सहभागी भएका छन् ।
मंगलबार राति साढे ९ बजे मतगणना सकिएको थियो । १० बजेबाट गणना सुरु भनिए पनि केही ढिला गरि मतगणना सुरु भएको हो ।
राष्ट्रिय सभा गृहमा तीन स्थानमा राखेर मत गन्न थालिएको र मतगणना सुरु भएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया