गगन थापाको प्रश्न : ‘हिजोसम्म नेतृत्व परिवर्तन भन्ने आज मिल्न जाने ?’

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उम्मेदवार गगन थापाले अन्तिम अवस्थामा नेताहरु निर्णय परिवर्तन गरेको प्रति आपत्ति जनाएका छन् ।

मंगलबार साँझ मतदानस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

हिजो मध्यरातसम्म सबैजना नेतृत्व परिवर्तनको नारा लिएर आए पनि आज कुरा परिवर्तन गरेको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै निर्णय परिवर्तन गरेकोप्रति जवाफ दिनुपर्नेमा समेत जोड दिए ।

‘हिजो मध्यरात सम्म सम्पूर्ण कुरा नेतृत्व परिवर्तन हो । आज फलानोलाई हराउने कुरा मुख्यकुरा हो ।’ उनले भने, ‘आज एकै परिवेशमा चाँही मैले यो निर्णय गरे भन्ने ? निर्णय गर्न चाँही पाइन्छ । तर त्यसको जवाफ दिनुपर्छ किन न्यस्तो निर्णय गरेको ।’

सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई हिजोसम्म गलत गर्यो भन्नेहरुले कुन परिवेशबाट यस्तो निर्णयमा पुगेको हो भन्ने सबैलाई जवाफ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?