काठमाडौं । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशकाे दाेस्राे चरणाकाे निर्वाचनमा प्रकाशमान सिंहले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
भर्खरै मात्र सिंहलाई भेट्न चाक्सिबारी पुगेका देउवालाई नेता प्रकाशमान सिंहले समर्थन गर्ने बताएका हुन् ।
पहिलो चरणमा प्रतिस्पर्धी उम्मेदवारहरुले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो ।
त्यससँगै आज दिउँसो साढे ३ बजेबाट निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । जसका लागि सोमबार निर्वाचन भएका तीनै स्थानमा निर्वाचन हुनेछ । समितिका अनुसार निर्वाचनको तयारी भइरहेको छ ।
अबको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।
https://www.facebook.com/uplamichhane/videos/1371339143316737/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया