कांग्रेसको दोस्रो चरणको निर्वाचनको तयारी तीव्र, साढे ३ बजेबाट मतदान हुने

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

पहिलो चरणमा प्रतिष्पर्धी उम्मेदवारहरुले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो ।

त्यससँगै आज दिउँसो साढे ३ बजेबाट निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । जसका लागि सोमबार निर्वाचन भएका भएका तीनै स्थानमा निर्वाचन हुनेछ । समितिका अनुसार निर्वाचनको तयारी भइरहेको छ ।

अबको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?