काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
भर्खर प्राप्त तथ्यांक अनुसार हालसम्म ४ हजार ११ मत गणना भएको छ । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १९९५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्धन्द्धी डा.शेखर कोइरालाले १४६७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । प्रकाशमान सिंहले २९९ मत प्राप्त गरेका छन् । भने विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । जसअनुसार अब ६ सय ६८ मत गन्न बाँकी रहेको छ ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया