काठमाडौं । नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।
सोमबार एमसीसी, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् । घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए । उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि गरे ।
नेता गजुरेलले भने, ‘एमसीसी भनेको एउटा यस्तो धारिलो तरवार हो । जो नेपाली जनताको टाउकोमा तेस्र्याइरहेको छ । हामी वारीपारी भएर हिँडिरहेका छौँ । तरवार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संसोधन होइन खारेज गरिनुपर्छ । एक, दुई, तीन खारेज हुनुपर्छ । खारेज नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ । यो खारेजको माग गरिररहँदा एउटा राम्रो पक्ष के भएको छ भने एमसीसीलाई लिएर नेपाली जनतामा ध्रुवीकरण भएको छ । अहिले एमसीसी खारेज गर्न सबै नेपाली जनता चाहन्छन् ।’
कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए । उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत गरे । नेता बास्तोलाले अमेरिकाको गुलाम भएर नबस्नका लागि जनता सडकमा उर्लिनु पर्ने बेला भएको पनि बताए ।
नेता बास्तोलाले भने, ‘एमसीसी इण्डोप्यासिफिक स्टाटिची भित्र सञ्चालन हुने संगठनको रुपमा चलेको छ । यो भनेको नेपाल, भारत, चीन, उत्तर एशियाका देशहरु, उत्तर पूर्व एशियाका देशहरु, दक्षिण पूर्व एशियाका देशहरु, मध्यपूर्वका एशियाली देशहरुमा अधिकार गर्नका लागि बनाइएको संगठन हो । जति एमसीसीमा पैसा उठ्छ त्यो इण्डोप्यासिफिकमा भएर आउँछ । एमसीसी भनेको अमेरिकाको सैन्य रणनीति हो । यो सैन्य संगठन हो । यदी एमसीसी आए नेपालको सेना, प्रहरी, कर्मचारी अमेरिकी एक अधिकारीको निर्देशनमा चल्नुपर्छ । संवेदनशील राजनीतिक अवस्थामा नेपाल छ । भारतमा बजार बिस्थापित गर्न र चीनलाई टुक्राउन एमसीसी आउन लागेको हो । तर यसले नेपाललाई झनै नराम्रो गर्दछ । यदी यो पास भए हामी अमेरिकाको गुलाम भएर बस्नुपर्ने स्थिती छ । नेपालका सारा प्राकृतिक सम्पदाहरु अमेरिकाको हातमा हुनेछन् । अमेरिकी एमसीसी नेपालको लागि खतरनाक अवस्थामा रहेको छ ।’
नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया