चन्द्र भण्डारी भन्छन्- ‘नयाँ अनुहार लिएर आएका छौँ, नयाँ जेनेरेशनले छनोट गर्छ’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार डा. चन्द्र भण्डारीले आफ्नो प्यालनबाट नयाँ अनुहारहरु आएको कारण जित निश्चित भएको दाबी गरेका छन् ।

सोमबार दिउँसो कांग्रेसको मतदानस्थल भृकुटीमण्डपमा मत माग्दै नेता भण्डारीले सो कुरा बताएका हुन् ।
‘अहिले नयाँ जेनेरेशन आएको छ । नयाँ जेनेरेशन नयाँ कुराको प्रतिक्षामा छ । नयाँ नेतृत्वको प्रतिक्षामा छ । नयाँ परिणामको प्रतिक्षामा हुन्छ । त्यसकारण यसको उत्तर पनि नयाँनै हुन्छ भन्ने छ ।’

महाधिवेशन प्रतिनिधिहरु समेत युवा पंक्तिकै धेरै आएका कारण नयाँ पुस्तानै छनोटमा पर्ने उनको भनाइ रहेको छ ।
‘अहिलेको परिवेश अनुसार अहिले नयाँ आएको प्रतिनिधीहरु उहाँको सोच अनुसार सबै कुरा लिष्टले गर्छ भन्ने मलाई लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?